पार्टी एकताका लागि वार्ता गर्दै एकीकृत समाजवादी र जनता समाजवादी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ १२:४३ बजे
पार्टी एकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी बीच एकता वार्ता हुन लागेको छ। एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको  हो । 

पार्टी एकताका लागि जसपा नेपाल र एकीकृत समाजवादीबीच छलफल हुन लागेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन्। उनका अनुसार जसपा नेपालले नेताहरूस् राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ।

यसैगरी, एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालसहित नेताहरूस् डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको छ।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन्। उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ। हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ।

यता, नेकपा एमाले त्यागेका नेता घनश्याम भुसालपनि एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। महत्त्वपूर्ण र सम्मानजनक जिम्मेवारीसहित उनी पार्टी प्रवेश गर्न लागेको समाजवादी सचिवालयले जनाएको छ।

२०७९ पुष २८ १२:४३ बजे

प्रतिक्रिया