नेपाल टेलिकमको ‘विन्टर अफर’मा , के छन् सुविधा ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ ०९:०० बजे
नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर  ल्याएको छ ।  कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । 

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न  सेवाहरु रहेका छन् ।  

यस अफरअन्तर्गत रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक  सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ ।

२०७९ पुष २८ ०९:०० बजे

प्रतिक्रिया