आज केही ठाउँमा हिमपात र वर्षाको सम्भावना

bimbonline डम्मर धामी
२०७९ पुष २८ ०८:५२ बजे
मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।हाल सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ ।साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

चेतावनी  तथा  परामर्श 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि ति प्रदेशहरूका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही   भू-भागहरूमा  बाक्लो  हुस्सुर-कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ पुष २८ ०८:५२ बजे

प्रतिक्रिया