राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला ? - रवि लामिछाने

राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला ? - रवि लामिछाने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १५:१८ बजे
रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने बताएका छन् । आज पार्टीको काभ्रे जिल्ला भेलालाई सम्बोधन गर्दै अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । अहिले राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला / के जानेका छन्रु केही पनि छैन।’, उनले भने, ‘सायद त्यहि भएर होला यो अन्तिम समयसम्म लाभ लिनका लागि झुण्डिरहेका छन्।’
उनले भने , अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्। देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा हामीलाई अहिले प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्छौं। त्यो ३०र४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछरु देशको ढुकुटीमा यसरी हामी कहिल्यै र्‍याल चुहाउँदैनौँ, यो मेरो वाचा भयो।’
उनले भने , ‘राजनीतिमा पनि रिटायर्ड भन्ने कुरा हुन्छ। शेरबहादुरजी प्रधानमन्त्री हुँदा सरकारी जागिर खाएको कर्मचारी रिटायर्ड भइसक्यो तर अहिले पनि देशको प्रधानमन्त्री शेरबहादुरजी नै हुनुहुन्छ। राजनीतिलाई आर्यघाटसम्मै लिएर जाने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।’उनले युवाहरुलाई सहजै नेतृत्व सुम्पिए देशका २५ प्रमुख नेताहरुको स९सम्मान सालिक बनाउने पनि लामिछानेले बताए।
२०७९ साउन २३ १५:१८ बजे

प्रतिक्रिया