किन पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार गरीयो ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ ११:२० बजे
जुत्ता प्रहार

काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमाथि मंगलबार पञ्जावको विधान सभा बाहिर जुत्ता प्रहार  गरीएको छ । 

यो घटना हुदाँ राणा गाडीमै रहेका थिए। बीबीसीका अनुसार जुत्ता कुनै एक अज्ञात व्यक्तिले  हानेको जनाइएको छ ।  राणा उक्त समयमा पञ्जावको विधान सभामा जाँदै थिए।

उनी विधान सभामा पुग्नै लाग्दा जुत्ता प्रहार भएपछि ड्राइभरले केही बेर गाडी रोकेका थिए। यसअघि राणा सनाउल्लाह र प्रधानमन्त्री शरीफका विशेष सहयोगी अताउल्लाह तरारको पञ्जाव विधान सभामा प्रवेशमा रोकिएको थियो।

पञ्जावमा पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) को सरकार छ। उक्त क्षेत्रमा पीएमएल–एन आफ्नो मुख्यमन्त्री बनाउने कोशिस गरिरहेको छ।

सनाउल्लाहले पत्रकार सम्मेलनमा पीएमएल–एनका नेतालाई विधान सभामा रोक्ने प्रयास भइरहेको  बताएका छन् । पञ्जावका मुख्यमन्त्री परवेज इलाहीले विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लीग–नवाज(पीएमएल–एन) र पञ्जावको गठवन्धन सरकार वितेका केही महिनादेखि टसलमा छन्। यही कारण राणा सनाउल्लाह विधान सभाको कारबाही चलिरहेको समयमा नेताहरुलाई भेट्न पुगेका थिए।

२०७९ पुष २७ ११:२० बजे

प्रतिक्रिया