नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजदेखि शुरु

bimbonline माधव राज जोशी
२०७९ पुष २७ ११:१२ बजे
नेपाल प्रेस युनियन सुदूरपश्चिम

धनगढी । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजदेखि शुरु हुँदैछ । केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला शाखा कैलालीको आतिथ्यमा धनगढीमा आजदेखि दुई दिन प्रदेश अधिवेशन हुने भएको हो ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको केन्द्रिय उपाध्यक्ष (सुदूरपश्चिम) तथा संयोजक प्रेम चुनाराले बताए ।

देश संघिय संरचनामा गएको सात वर्षपछि युनियनको प्रदेश संरचना तयार हुन लागेको हो । प्रदेशको अध्यक्षमा मनमहोन स्वारको नाम चर्चामा रहेको छ ।

२०७९ पुष २७ ११:१२ बजे

प्रतिक्रिया