क्रान्तिकारी पार्टीहरू एक हुन पार्टी एकता समायोजन समिति गठन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ २०:२९ बजे
क्रान्तिकारी पार्टीहरू

काठमाडौं ।  नेपालमा रहेका  क्रान्तिकारी पार्टीहरू बिच एकताको लागि  समायोजन समिति गठन गरिएको छ ।  नेपालमा रहेका क्रान्तिकारी पार्टीहरू सन्त बहादुर नेपाली ले नेतृत्व गरेको नेकपा (मशाल), मोहन वैधले नेतृत्व गरेको  नेकपा ( क्रान्तिकारी माओवादी) धर्मेन्द्र बास्तोला ले नेतृत्व गरेको नेकपा (वहुमत) बिच आधारभूतरूपमा सिद्धान्त र राजनीतिमा समानता देखिएको हुँदा यि पार्टीहरू बिच पार्टी एकताका विषयमा छलफल गरि पार्टी एकता गर्नका लागी पार्टी एकता समायोजन समिति गठन गरेको कुरा एक सयुक्त वक्तव्य  मार्फत जनाइएको छ।

उक्त विज्ञप्तिमा तीनवटै पार्टीका नेताहरूले हस्ताक्षर गरेको छन्। राजनीति र सिद्धान्त मिल्ने क्रान्तिकारी पार्टीहरू बिच एकता राम्रो कुरा भएको र यसले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउने कुरामा विश्वास रहेको कुरा  काठमाडौं  बागबजारका सुजन तुलाधरले  बताए । 

विज्ञप्ति



२०७९ पुष २६ २०:२९ बजे

प्रतिक्रिया