कांग्रेसका २ महामन्त्रीसहित ४ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ १३:१३ बजे
विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले असहमति जनाएका छन् । उनिहरुले लिखित असहमति जनाएका हुन् ।

लिखित असहमति जनाउनेमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी रहेका छन् । 

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।

२०७९ पुष २६ १३:१३ बजे

प्रतिक्रिया