पुस २७ पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ १९:३६ बजे
२७ पुसमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको  हो । 

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

२०७९ पुष २५ १९:३६ बजे

प्रतिक्रिया