धनगढी उप महानगरपालिकाको नवौं अधिवेशन शुरु

bimbonline माधव राज जोशी
२०७९ पुष २५ १९:२४ बजे
धनगढी उपमहानगरपालिका

धनगढी । कैलालीको धनगढी उप महानगरपालिकाको नवौं अधिवेशन (नगर सभा) सोमबारदेखि शुरु भएको छ ।

Open photo

सभाको नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समुदघाटन गरेका हुन । नगर सभाका अध्यक्ष समेत रहेका हमालले नवौ अधिवेशनको प्रथम बैठक शुभारम्भ भएको घोषणा गरे  । 

बैठकको प्रारम्भमा नगर उपप्रमुख कन्दकला रानाले चालु आर्थिक वर्षको पुस २२ गतेसम्मको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । उनका अनुसार उपमहानगरपालिकाको कुल बजेटको २५ प्रतिशत बजेट सो अवधिमा खर्च भएको छ । 

कानुन निर्माणको थलोका रुपमा रहेको यस अधिवेशनमा विभिन्न विधेयकहरु पनि पारित हुने छ । 

यस्तै सभामा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखापरीक्षण प्रतिवेदन पेश गर्ने, लेखा समितिको प्रतिवेदन पेश गर्ने, चालु आर्थिक वर्षको मध्यावधि समीक्षा, सभाबाट अनुमोदन गर्नुपर्ने भनी कार्यपालिकाबाट स्वीकृत भएका विषयहरू तथा विविध प्रस्तावहरू सभामा पेश गरिएको छ । सभामा प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले प्रस्तावहरु पेश गरेका थिए ।

२०७९ पुष २५ १९:२४ बजे

प्रतिक्रिया