मौसममा सुधार : चिसो विस्तारै कम हुँदै

bimbonline डम्मर धामी
२०७९ पुष २५ ०८:२० बजे
मौसममा सुधार

काठमाडौं । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन ।

वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ  । 

मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको  जल तथा मौसम विभागले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागिरहेको मौसम विभागले जनाएको छ ।  

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 भोली दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोली राती देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चेतावनी  तथा  परामर्श 

बिहानको समयमा तराईका धेरै भू-भागहरूमा बाक्लो  हुस्सु र कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ पुष २५ ०८:२० बजे

प्रतिक्रिया