काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आएका छन् । उनि कार्यभार सम्हाल्न काठमाडौं आएका हुन् ।आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् ।
चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।
‘थोपा–थोपाले ट्यांकी भरिन्छ’ भन्ने नेपाली उखान र ‘सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने चिनियाँ उखान उद्धृत गर्दै उनले नेपाल–चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि त्यसैगरी योगदान दिने बताए ।
उनले आफुहरुसँग नजिक भएर काम गर्न तयार रहेकबो बतएका छन् । उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।
प्रतिक्रिया