पवित्र धार्मिकस्थल परशुरामधाममा माघ १ गते हुने मकर संक्रान्ति (महास्नान) मेलाको तयारी तिव्र

आज र भोलि पनि अभियान जारी

bimbonline आँसु भण्डारी
२०७९ पुष २४ १०:०० बजे
परशुरामधाम

डडेल्धुरा । चारधाम मध्ये एक प्रमुख धाम  डडेलधुरा जिल्ला परशुराम नगरपालिका वडा न. ५ स्थित परशुरामधाम मा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष पुस मसान्तको राती मकर संक्रान्ति मेला तथा माघि मेला धुमधाम का साथ मनाइने गरिन्छ । यो वर्षपनि  माघी मेला को लागि  शनिबार विभिन्न संघ , सस्थाहरूले बिहानै देखि सरसफाइ गरेका हुन ।परशुराम नगरपालिका द्धारा सरसफाइ को अभियानमा विभिन्न संघ सस्थाहरूले परशुराम धाम परिसरमा सरसफाइ गरेका  हुन्। आवश्यकता अनुसार  आज र भोलि पनि अभियान जारी रहने नगरप्रमुख भरत बडायर जोशीले बताएका छन् ।  नगर प्रमुख जोशीले सरसफाइ एकदिन मात्र नभै संस्कार को रुपमा हामी सबैले जिम्मेवार पुर्वक  लिनुपर्ने बिम्ब अनलाइनलाई बताएका छन् । 

No description available.मेला भव्य र सभ्य मनाउन आफूहरू लागि रहेको र मेलाको राती भक्तालु श्रदाजन लाई चिया , खानाको ब्यवस्था  भण्डारा लगाउन केही धार्मिक संस्थाले ठाउँ समेत माग गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष गणेश प्रसाद  जोशीले बताए। बिम्ब अनलाइनसँगको कुराकानीमा अध्यक्ष जोशीले चिसोको समय भएकाले ठाउँ ठाउँमा आगो ताप्नेहरु का लागि ब्यवस्था गरिने ,मठ मन्दिर र भगवान परशुराम को मुर्ती लाई रङ्गरोगन गर्ने काम अन्तिम चरणमा रहेको बताए ।  बजार र सवारीसाधन  व्यवस्थापन का लागि क्षेत्र विकास समितिले क्षेत्र निर्धारण गरिसकेको छ ।

त्यसैगरी विश्व हिन्दु महा संघ का जिल्ला अध्यक्ष रोहन ऐर ले आफूहरू ले रात भरी धार्मिक कार्यक्रम सञ्चालन गर्ने  बताए। बाहिरी भक्तजनहरूका लागि परिगाउँ बालुवाटार, लामखालिमा होम स्टे समेत को ब्यवस्था भएको  होमस्टे समितिका संयोजक चन्द्र खडकाले जानकारी दिए । 
नेपाल का दुर दराज क्षेत्र बाट मात्र नभै भारत बाट पनि हजारौँको संख्यामा भक्तजनहरू आउने गर्दछन् । मकर सङ्क्रान्ति मेला को रात भरी भक्तजनहरू जाग्राम बसेर भजन कृतन गर्ने र बिहान गङ्गा स्नान गरि आ आफ्नो घर जाने गर्छन।

No description available.

२०७९ पुष २४ १०:०० बजे

प्रतिक्रिया