काठमाडौं । शंकरापुर नगरपालिका लप्सीफेदीका स्थानीयहरुले अपर तामाकोशीको सबस्टेशन हटाइनुपर्ने माग राख्दै विरोध जनाएका छन् । स्थानिहरुको जमिनमा सबस्टेशन ल्याउने जानकारी नदिई स्टेसन बनाउन लागेको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।
लप्सीफेदीमा अमेरिकी परियोजना यमसीसी अन्र्तगत अपर तामाकोशीको सबस्टेसन बन्न लागेको हो । स्थानीयहरुले एमसीसी अन्र्तगत बन्न लागेको सबस्टेशनको लागि आफ्नो जमिन ज्यान गए नदीने भन्दै एमसीसीको विरोध जनाएका छ ।
नेपाल विधुत प्राधिकरणले भने स्थानीयहरुको विरोधका कारण काठमाडौंमा लोडसेडिङ भइरहेको बताएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ,'नगरपालिकाले काम गर्ने दिदैनन् । वडा अध्यक्षहरूले काम गर्ने दिदैनन् ,अनि सबै निकाय काम गर्ने नदिने, त्यहाँ सब स्टेसन बनेन भने काठमाडौंमा लोडसेडिङ गर्नुपर्छ ।'
स्थानीयहरुले आफूहरूको सहमती विना कसरी एमसीसी परियोजना अन्र्तगतको यो योजना बन्छ भन्दै प्रश्न समेत गरेका छन् । लप्सीफेदीहरले गृहमन्त्री रविलामिछानेको पनि विरोध गरेका छन् ।
प्रतिक्रिया