पशुपतिमा चुनावी गतिविधि गरेको भन्दै एमालेविरुद्ध उजुरी

पशुपतिमा चुनावी गतिविधि गरेको भन्दै एमालेविरुद्ध उजुरी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १३:३१ बजे
एमालेविरुद्ध उजुरी

 काठमाडौं । पशुपति मन्दिर परिसरमा एमालेले नेताहरूका फोटा,झण्डा र ब्यानर राखी राजनीतिक गतिविधि गरेको भन्दै एमाले विरुद्ध  अजुरी परेको छ । एमाले विरुद्ध जनताको आयोग महाअभियान नेपाल नामक संस्थाले पशुपति क्षेत्र विकास कोषसमक्ष तत्काल कारवाहीको माग राख्दै  निवेदन दिएका हुन् । 

धार्मिकस्थलमा एमालेको स्थानीय ८ नम्बर वडा कमिटीले चुनाव प्रचारप्रसार गरेको भन्दै निन्दा  गरीएको छ ।   निवेदनमा,धर्मनिरपेक्षताका अनुयायीहरूले धर्मलाई अफिम भन्दै राष्ट्रिय परिचय सिद्ध्याएर मन्दिर परिसरमा गरेको गतिविधिलाई चुनावमा प्रभाव पार्न गरिएको नाटकको आरोप लगाइएको छ ।

अनुयायीहरूले धर्मलाई अफिम भन्दै राष्ट्रिय परिचय सिद्ध्याएर मन्दिर परिसरमा गरेको गतिविधिलाई चुनावमा प्रभाव पार्न गरिएको नाटकको आरोप लगाएको छ ।

मन्दिर र धार्मिक स्थलमा सस्तो लोकप्रियता कमाउने उद्देश्यले राजनीतिक गतिविधि गरेर उक्त स्थानलाई अपवित्र बनाउने कार्यमा संलग्न एमाले कमिटीलाई तत्काल कारबाहीको मागसमेत गरिएको छ । २२ गते  दर्ता भएको उक्त निवेदनपछि कोषले हिजो सार्वजनिक सूचना जारी गर्दै मन्दिर परिसरभित्र दर्शन गर्न आउने दर्शनार्थी र तीर्थयात्रीलाई कुनै पनि प्रकारको फोटो, भिडियो खिच्ने जस्ता गतिविधि नगर्न भनेको बताइएको छ ।

२०७९ साउन २३ १३:३१ बजे

प्रतिक्रिया