तराईमा हुस्सु, कुहिरो र शितलहर

bimbonline डम्मर धामी
२०७९ पुष २३ ०७:४४ बजे
हुस्सु, कुहिरो र शितलहर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको  जल तथा मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही  तराईका केहि भू-भागहरूमा हुस्सु र कुहिरो शितलहर लागिरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

आईतवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो  लाग्ने सम्भावना रहेको छ।

आईतवार राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

२४  घण्टे  चेतावनी  तथा  परामर्श 

तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ । पछिल्लो देशभर चिसो बढेसँगै सितलहरको जोखीम पनि बढ्दै गएको छ ।   

२०७९ पुष २३ ०७:४४ बजे

प्रतिक्रिया