निर्मला प्रकरणमा मुछिएका दिलीपमाथी किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान

निर्मला प्रकरणमा मुछिएका दिलीपमाथी किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १३:१८ बजे
अनुसन्धान

काठमाडौं । निर्मला हत्याप्रकरणमा  मुछीएका दिलिपसिंह विष्टलाई किशोरीलाई दुव्र्यवार गरेको आरोप लागेको छ । चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको हो   । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।

भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताएका छन् ।

दुर्व्यवहार गरेको भन्नेबारे किशोरीका अभिभावकहरूले प्रहरीलाई भनेका छैनन् । तर, निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान गर्न खटिएका सीआईबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरूले सो सूचना पाएपछि त्यसबारे अनुसन्धान थालेका हुन् ।

दिलीपको पछिल्लो हर्कतबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै एसपी चौधरी दुव्र्यवहार भएको कुरामा  आफुहरले  बुझिरहेको बताएकी छन् । 

२०७९ साउन २३ १३:१८ बजे

प्रतिक्रिया