विश्वहिन्दु युवा संघको आयोजनामा परशुराम धाममा धर्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ १४:४८ बजे
परशुराम धाम

डडेल्धुरा ।  डडेल्धुरा जिल्लाको भित्रीमधेस  क्षेत्रअन्तर्गत परशुराम नगरपालिकामा पर्ने परशुराम धाममा धार्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने भएको छ ।भगवान विस्णुको छैटौं अवतारको रुपमा चिनिने भगवान पर्शुरामको तपस्या गरेको प्रसिद्द तिर्थस्थल परशुराम धाममा धार्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो।

विश्व हिन्दु युवासंघ डडेलधुराको आयोजनामा हुन लागेको धार्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम यहि पौष ३० गतेदेखी माघ १ गतेसम्म संचालन हुने विश्व हिन्दु युवासंघ डडेल्धुराका अध्यक्ष  मोहन ऐर (रोहन) ले जानकारी दिएका छ्न ।

धार्मिक आस्था उजागर गर्ने र परशुराम धामलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गर्ने उद्येश्यले आयोजना गर्न लागिएको उनले भने । हिन्दु युवा संघका जिल्ला अध्यक्ष ऐरले धार्मिक कार्यक्रम सफल पार्न राष्ट्रिय वाणिज्य बैंकमा रहेको संघको खाता न। ४२४०१०००५०२२१००१ मा सहयोगको लागि अपिल समेत गरेका छन ।

प्रत्येक वर्ष मकर माघी सन्क्रान्ती मेला लाग्ने सुदुरपशिम प्रदेशको डडेल्धुरा जिल्लाको परशुराम नपाको ५ परिगाउमा अवस्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिने र सुदुरपशिममै प्रसिद्द पर्शुराम धाममा पर्शुराम कुण्ड,विस्णु

मन्दिर,धर्मद्वार,छत्राशिला,महालिङ्ग,महाकाली गङ्गा र रेणुका नदि ,पवित्र देवघाट ,परशुराम र सिद्द्नाथ मन्दिर जस्ता धार्मिक महत्वका सम्पदा मुख्य आकर्षक रहेका छ्न ।

२०७९ पुष २१ १४:४८ बजे

प्रतिक्रिया