स्कुल बस सतिह ४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा २५ विद्यार्थी र अन्य घाइते

स्कुल बस सतिह ४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा २५ विद्यार्थी र अन्य घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १३:०९ बजे
घाइते

 काठमाडौं । मकवानपुरमा चार वटा सागवारी दुघटनामा परी ३३ जना घाइते भएका छन् ।  रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा ३३ जना घाइते भएका हुन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना  परेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर का अनुसार उक्त दुर्घटनामा २५ जना विद्यार्थीसहित ३३ जना घाइते  भएका छन् । 

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीका  अनुसार तिव्र गतिमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ६२४४ नम्बरको ट्रकले विपरित दिशाबाट हेटौंडातर्फ आउँदै गरेको स्थानीय रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा दुर्घटना भएको  हो ।

उक्त ट्रकले त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएको र पल्टिएको ट्यांकरले बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको कार्कीले जनाएका छन् । त्यसपछि ट्रकले पुनः रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लहरी ट्रकलाई पनि ठक्कर दिएको उनले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय हेटौंडा अस्पताल र हेटौंडा–११ को चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुर्घटनामा संलग्न सवारीहरू हटाएर हालसो राजमार्ग सुचारु गरिसकेको पनि उनले बताए ।  कार्कीका  अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको  छ ।  

२०७९ साउन २३ १३:०९ बजे

प्रतिक्रिया