बागमती प्रदेशमा किन रोकियो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ ०८:०३ बजे
ट्रायल

काठमाडौं । सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को ट्रायल लागु गर्ने प्रणालीमा रोक लागेको छ । बुधबारदेखि लागुहुने तयारीमा रहेको ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली बाग्मती प्रदेश मुख्यमन्त्री काार्यालयले रोकेको हो । 

मुख्यमन्त्री कार्यालयले उक्त प्रणालीका विषयमा अध्ययन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गर्दै तत्कालका लागि सो प्रणाली लागु नगर्न निर्देशन जारी गरेको हो। समितिले उक्त प्रणाली कसरी लागु गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउन पनि निर्देशन जारी गरेको छ ।

यो प्रणाली तीन प्रदेशहरु प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा लागु भइसकेका छन् । बागमती प्रदेशमा यो प्रणाली तेस्रो पटक पनि लागु हुन नसकेको हो । 

२०७९ पुष २१ ०८:०३ बजे

प्रतिक्रिया