तराईका धेरै भू-भागमा बाक्लो हुस्सु र कुहिरो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ ०७:४४ बजे
हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु र  कुहिरो लागिरहेको  महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

२०७९ पुष २१ ०७:४४ बजे

प्रतिक्रिया