युक्रेनसँगको युद्धमा ८९ सैनिकले ज्यान गुमाउनुको मुख्य कारण मोबाइल प्रयोग रहेकाे रुसको दाबी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ ०७:०६ बजे
रुस

काठमाडौं । रुसले युक्रेनसँगको युद्धमा ८९ जना सैनिकले ज्यान गुमाउनुमा मोबाइल फोन प्रयोग मुख्य कारण रहेको दाबी गरेको छ ।

नयाँ वर्षको पहिलो दिन ८९ जना रुसी सैनिकको ज्यान जाने गरी आक्रमण भएको थियो । आफ्ना सेनाले नियम तोडेर मोबाइल फोन चलाएका कारण मानवीय क्षति भएको मस्कोले जनाएको छ ।

युक्रेनले यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ । युक्रेनसँगको एउटै घटनामा आफ्ना ८९ सेनाले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।

रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्दा विपक्षी सेनाले अवस्थिति थाहा पाउने मौका पाएको समेत जनाएका बीबीसीले उल्लेख गरेको छ । यो घटनाको अनुसन्धान गर्न रुसले एक समिति पनि गठन गरेको छ ।

एजेन्सी

२०७९ पुष २१ ०७:०६ बजे

प्रतिक्रिया