सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई समायोजन गर्न साढे २ वर्षको समयसीमा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० १५:५९ बजे
ऋणी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमा भन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई उक्त सीमाभित्र ल्याउनका लागि साढे २ वर्षको समय दिएको छ ।

बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई संशोधन गर्दै सीमा भन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी  गर्ने गरी यस्तो व्यवस्था गरेको हो । 

सीमा भन्दा बढी चालुपूँजी कर्जा प्रयोग गरेका ऋणीलाई सीमा भन्दा बढीको ऋण ५ किस्तामा विभाजन गरेर २०८० असार मसान्त र पुस मसान्त, २०८१ असार मसान्त र पुस मसान्त तथा २०८२ असार मसान्तसम्म भुक्तानी गरी समायोजन गर्न दिनेगरी मार्गदर्शनमा संशोधन भएको नेपाल राष्ट्र बैंक नियमन विभागले जनाएको छ ।

यसरी समायोजन गरेको कर्जालाई पुनरसंरचना नहुने र आवाधिक कर्जाको रुपमा गर्नुपर्ने साथै कुनै पनि प्रकारको नोक्सानी व्यवस्था पन गर्नुपर्ने विभागका  निर्देशक किरण पण्डितले बताएका छन् ।  कुनै ऋणीले साढे २ वर्ष भन्दा अगाडि नै समायोजन गर्छ भने त्यसमा प्रिपेमेन्ट चार्ज नलाग्ने  बताइएको छ ।

२०७९ पुष २० १५:५९ बजे

प्रतिक्रिया