सामान राख्दा दिने भर्पाइ फेसबुकमा भाइरल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० १५:५१ बजे
भर्पाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै बुधबार सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सोधेका छन्, ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन रु’

विमानस्थल भन्सारका प्रमुख प्रशासक सह–सचिव अरुण पोखरेले  यसबारे सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको बताए । सामाजिक सञ्जालमा आएपछि के रैछ भनेर आफुले हेरेको र त्यो भन्सार तिर्नुअघि सामान डिपोटिज गरेको रसिद मात्र भएको उनले बताएका छन् । 

भन्सार तिरिएको बिल छुट्टै हुने  उनले बताएका छन् । चौरासियाले आईफोन १३ प्रोम्याक्स दुई थान वापतको भन्सार ३६ हजार ३९९ तिरेर त्यतिबेलै सामान छुटाएर लगेको उनको भनाई रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

२०७९ पुष २० १५:५१ बजे

प्रतिक्रिया