बाँकेमा ४ जना बालबालिकामा दादुरा सङ्क्रमण भेटियो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० १५:२५ बजे
दादुरा सङ्क्रमण

बाँके ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा  संक्रमण भेटिएको छ । 

पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय  बाँकेले जनाएको छ ।  ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र निलो र सेतो रङको दागलगायत लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा दादुरा पुष्टि भएको  हो ।  त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशङ्का गरिएको छ । 

लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको  हो ।

२०७९ पुष २० १५:२५ बजे

प्रतिक्रिया