को बन्ला राष्ट्रपति र उपराष्ट्रपति ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० ०८:०७ बजे
राष्ट्रपति र उपराष्ट्रपति

काठमाडौं । राष्ट्रपतिको कार्यकाल सकिन लाग्दा  नयाँ को आउला भन्नेमा सबैको चासो बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुन को कार्यकाल सकिन लागेको हो ।

अब बन्ने राष्ट्रपति र उपराष्ट्रपतिमा विभिन्न नेताहरूको चर्चा चल्दै आएको छ । राष्ट्रपति एमालेबाट बन्ने निश्चित छ ,तर को बन्ने भन्ने टुंगो लागिसकेको छैन । उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी  रहेको छ । तर जनता समाजवादी पार्टीले पनि  उपराष्ट्रपतिमा दावी गरेको छ । 

दुई पटक मात्रै राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्थाका कारण राष्ट्रपतिमा भण्डारीको निरन्तार हुने सम्भावना रहेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिकाे कुनै टुङ्गो लगाएका छैनन् ,नत कसैलाई जिम्मा नै लगाएका छन् । एमालेबाट आकांक्षी नेताको रुपमा  सुवासचन्द्र नेम्वाङकाे नाम रहेका छ।

उपराष्ट्रपतिमा माओवादी केन्द्रले दावी गर्दै आएको छ । माओवादी केन्द्रबाट कृष्ण बहादुर महरा ,एन के प्रसाईँ, जयपुरी घर्ती र ओन्सरी घर्तीको दावी रहेको छ । जसपाबाट राम साह्य प्रसाद यादवको नाम रहेको छ । 

२०७९ पुष २० ०८:०७ बजे

प्रतिक्रिया