कामभन्दा बढीको भुक्तानी दिने हुम्लाका कार्यकारी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कामभन्दा बढीको भुक्तानी दिने हुम्लाका कार्यकारी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १६:४१ बजे
भ्रष्टाचार मुद्दा

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारले  काम गरेको भन्दा धेरै रमक  भुक्तानी गरेको  भन्दै कार्यकारी अधिकृतसहित चार जना विरुद्ध मुद्धा दायर गरेको छ  फिल्डमा गरेको काम भन्दा बढी भुक्तानी दिएको भन्दै हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ठेकेदारले फिल्डमा वास्तविक काम गरेको भन्दा २१ लाख ४७ हजार ४९२ रुपैयाँ बढी भुक्तनी दिएको  पाईएको हो ।

प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ।

आर्थिक वर्ष २०७६\०७७मा उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणको काममा अनियमितता भएको अभियोगपत्रमा उल्लेख छ ।

विज्ञप्तीका भनिएको छ ,वास्तविक काम भन्दा नापी किताबमा बढी काम गरेको देखाई झुट्टा बिल बनाई बदनियत साथ उक्त रकम भुक्तानी दिई सरकारलाई हानी नोक्सानी पुर्‍याई गैरकानूनी लाभ लिएको भन्दै मुद्दा दर्ता गरिएको  हो ।  

२०७९ साउन २२ १६:४१ बजे

प्रतिक्रिया