अत्यधिक चाडो बढेपछि जनकपुरधामका सबै विद्यालय तीन दिनका लागि बन्द

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १९ २१:१४ बजे
विद्यालय

जनकपुरधाम । अत्यधिक जाडो बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि सबै विद्यालयहरुमा विदा दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो विदा दिने निर्णय गरेको हो ।

शिक्ष युवा तथा खेलकुद शाखाका बरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार तीनदिनको जाडो विदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ ३ गतेसम्मको जाडो विदावाट कट्टा गरिने छ ।

Open photo

२०७९ पुष १९ २१:१४ बजे

प्रतिक्रिया