काठमाडौं। काठमाडौं महानगरले खुल्लामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि संरक्षणकर्मी र स्थानीयबासीहरू विरोधमा उत्रिएका छन्। यस योजनाको विरोधमा सोमबार दबाबमूलक अभियान चलाइरहेको अकुपाई टुँडिखेल टोली लगायतले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
काठमाडौं महानगरले खुल्लामञ्चमा तीन तहको भूमिगत पार्किङ निर्माणका लागि डीपीआर गराउने तयारी थालेको हो। भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिनका लागि महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।
यसपछि संरक्षणकर्मी र स्थानीयबासीहरू महानगरपालिकामा ज्ञापानपत्र बुझाउन पुगेका थिए। तर महानगरका मेयर बालेन्द्र साह (बालेन) ले भने स्थानीयबासीहरूसँग भेटेवार्ता गरेका छैनन् ।
भूमिगत पार्किङ निर्माणका विरोधमा मेयरलाई ज्ञापानपत्र बुझाउन नपाएपछि स्थानीयबासीहरूले उपमेयर सुनिता डंगोललाई ज्ञापानपत्र बुझाएका छन्।
ज्ञापानपत्र बुझ्दै डंगोलले भने जनतासँग परामर्श नलिइ महानगरले कुनै पनि काम नगर्ने बताएकी छन् ।
प्रतिक्रिया