सरकारमा सामेल हुदैनौं :माधव नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १८ १५:३२ बजे
माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल  नहने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनले आफु अहिलेको सत्ता भन्दा बाहिर रहने बताएका हुन् । 

सोमबार काठमाडौंमा सुरु पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसै सामू लत्रिने पक्षमा नरहेको बताएका छन् । 

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको नेपालको भनाई रहेको छ । 

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ यात्रा गरेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने,' देशको राजनीतिक आफ्नै जटिलताहरु छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ। नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ ।  त्यसो हुनाले यिनै सोच र मान्यताका आधारमा हामी अगाडि बढ्नेछौँ। संसदको चुनावभन्दा पहिले २०७७ साल पुस ५ गतेको दिनमा प्रतिनिधिसभाको विघटन भयो।'

उनले भने, 'त्यसभन्दा पहिले नेकपा एमालेभित्र अन्तर संघर्ष चलिरहेको थियो। त्यो अन्तरसंघर्षलाई त्यहीँ बसेर हल गर्ने हाम्रो चाहना थियो। तर त्यो हुन सकेन। किन भएनरु त्यसको हामी पछि समीक्षा गरौँलाु, उनले भने, ुयो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन। कसैसामू लत्रिनु परेको पनि छैन। हामीले ठीक गरेको छौँ। दृढतासाथ उभिएका छौँ। एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन।'

उनले अब आफूहरु सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढन तयार रहेको बताए। 'तथ्य देखाऔं, प्रमाणित गरौँ। त्रुटी छन् भने हामी सच्चिन तयार छौँ', उनले भने, 'पानीमाथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ। तपाईँहरुलाई थाहा छ–राष्ट्रिय राजनीति अगाडि बढ्यो। प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगामी कदमको रुपमा आलोचना गर्‍यौँ। विरोध गर्‍यौँ।’

२०७९ पुष १८ १५:३२ बजे

प्रतिक्रिया