धनुषामा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

bimbonline दिवेश कुमार महतो, ढल्कवेर
२०७९ पुष १७ १२:५८ बजे
बाल अधिकार

नुषा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मिथिला नगरपालिका मा गठन गरेको बाल अधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम पुस १६ गते सम्पन्न गरेको छ ।


जनता मावि नक्टाझिजको सभाहलामा आयोजना गरिएको तालिममा मानव अधिकार शिक्षा कार्यक्रमका लागि श्री जनता मावि नक्टाझिज र महेन्द्र मावि ढल्केबरमा गठित बाल अधिकार समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तालिमको क्रममा सहभागिहरुलाई मानव अधिकार, बालअधिकार, । बाल अधिकार समुहले पालना गर्नुपर्ने काम कर्तव्य र अधिकार, नेपालको संविधान, बालभित्ते पत्रकारिता र आचारसंहिता, नेतृत्व तथा क्षमता विकास, सामाजिक समस्या र त्यसको समाधानलगायतको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो।

तालिम समापन कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले समग्र रुपमा मानव अधिकारको रक्षार्थ र बालअधिकारको क्षेत्राधिकार भित्र रहेर आफना काम, कर्तव्य गर्न विद्यार्थीहरुलाई आग्रह गरे । मानवले मानव सँग गरिने व्यवहार मा सकरात्मक परिवर्तन को विकास गर्न तत्पर रहेको बताए। उनले समाजमा व्याप्त सामाजिक तथा सांस्कृतिक कुरुति, सामाजिक हिंसा, लैगिंक हिंसा, बालविवाह, दहेज प्रथालगायतको सवालमा न्युनिकरणका लागि पालिकासंग समेत समन्वय गरि बाल अधिकार समुहले कार्यक्रम गरिनुपर्नेमा जोड दिए ।

दुई दिने तालिमको समापन कार्यक्रम मा मिथिला नगरपालिका वार्ड नं (२ का वडा अध्यक्ष बिहारी महतोले बालअधिकार को क्षेत्रमा वडा कार्यलयल र नगरपालिकाले पनि काम गरिरहेको बताए। उनले  मानव अधिकारको रक्षा र बाल अधिकारको संरक्षण, सम्वर्द्धनका लागि आफुहरुको अभियानमा संघसंस्थाहरुको साथ र सहयोगको अपेक्षा गरे। तालिममा सहभागि ५० जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

२०७९ पुष १७ १२:५८ बजे

प्रतिक्रिया