‘वाई भ्यालेन्ट’ खोपले नेपालमा पायो आपत्कालीन प्रयोगको अनुमती

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १५ ०७:४२ बजे
वाई भ्यालेन्ट

काठमाडौं ।  कोभिड–१९ विरुद्ध बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोपले आपत्कालीन प्रयोगका लागि अनुमति  पाएको छ । औषधि व्यवस्था विभागले उक्त खोपलाई अनुमती दिएको हो ।  

अब नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज भएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५४औँ बैठकले वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको बताएका छन् । 

नेपालमा फाइजरको नयाँ खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिसँग अनुमति मागेको थियो । विश्व स्वास्थ्य सङ्गठनले फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगको सूचीमा राखेको छ । हाल उक्त खोप विश्वका ३२ देशमा बुस्टरका रूपमा प्रयोग भइसकेको छ । 

राष्ट्रिय खोप सल्लाहकार समितिले समेत सिफारिस गरेको खोपलाई औषधि सल्लाहकार समितिले बुस्टर डोज प्रयोगका लागि अनुमति दिएको हो । 

२०७९ पुष १५ ०७:४२ बजे

प्रतिक्रिया