मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ २०:०३ बजे
त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम  बढेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन  पालना गर्ने आग्रह गरेको छ । छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन जारी गरिएको त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले बताएका छन् । 

त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको दाहालले बताएका छन् ।   

नेपालमा कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएको छ ।तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ । नेपालमा नयाँ भने भेरियन्ट भने भेटिएको छैन् । 

२०७९ पुष १४ २०:०३ बजे

प्रतिक्रिया