गृहको निर्देशनपछि फिर्ता भए १ सय ९४ सुरक्षाकर्मी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १९:४९ बजे
सुरक्षाकर्मी

काठमाडौं । गृहको निर्देशनपछि देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ९१ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको  बताएका छन् । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमविपरीत राखिएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन जारी गरेका थिए । 

केन्द्रबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएको तथा जिल्लाबाट फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्रालयका प्रवक्ताले बताएका छन् । 

२०७९ पुष १४ १९:४९ बजे

प्रतिक्रिया