भारतमा फेरि फैलिँदो कोरोना

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १९:४२ बजे
कोरोना

काठमाडौं । विश्वभरी फेरी पनि कोरोनाको सन्त्रास छाएको छ । भारत सरकारले नयाँ वर्षदेखि चीनसहित पाँच देशबाट भारत आउनेहरुले अनिवार्य आरटी पीसीआर परीक्षणको नियम लागु गरेको छ।

भारत सरकारले चीन, हङकङ, जापान, दक्षिण कोरिया र थाईल्यान्डबाट आउने यात्रीले जनवरी १ देखि अनिवार्य आरटी पीसीआर गर्नुपर्ने नियम ल्याएको हो। 

भारतीय स्वास्थ्य मन्त्री मनसुख मान्डवियाले यात्रीहरुले एयर सुविधा पोर्टलमा आफ्नो पीसीआर रिपोर्ट अपलोड गर्नुपर्ने भएको छ । 

यसका अलावा देशभरका एयरपोर्टमा र्‍यान्डम स्याम्पलङ र जिनोम सिक्वेन्सिङका लागि सरकारले पहिले नै निर्देशन जारी गरेको छ । 

भारतमा पछिल्लो एक दिन अर्थात बुधबार कोरोना संक्रमणका २६८ मामिला भेटिएका छन्। यसअघि मंगलबार त्यो संख्या १८८ थियो।

एक दिनमा कोरोनाका २ लाख ३६ हजार बढी परीक्षण भएको थियो। समाचार एजेन्सी पीटीआईले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार कोरोना विस्तारै बढ्दैछ।

नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोनाका जम्मा सक्रिय संख्या ३५ सय ५२ पुगेको छ। भारतमा २४ घण्टायता २ जना संक्रमितको मृत्यु भएको छ। 

तर छिमेकी चीनसहितमा कोरोना तीव्र गतिमा फैलिँदो छ। चीनमा एकै दिन दशौँ लाख मानिस संक्रमित भइरहेका छन्। त्यसको असर हङकङमा पनि देखिन थालेको छ । 

२०७९ पुष १४ १९:४२ बजे

प्रतिक्रिया