पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ ११:५४ बजे
साझा कार्यक्रम

काठमाडौं ।  आज बसेको सत्ता साझेदार दलहरुको बैंठकले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ ।  एमाले अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।  बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।

जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ ।  साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको लामिछानेले बताएका छन् ।  न्यूनतम्  साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको जनाइएको छ । 

२०७९ पुष १४ ११:५४ बजे

प्रतिक्रिया