काठमाडौंको यट्खामा भएको आगलागीबाट ४ वटा घरमा क्षति

आगलागिबाट कवाडी दोकान भित्रका सम्पूर्ण सरसामान जलेर नष्ट

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ ११:४८ बजे
आगलागी

 कामठाडौं । काठमाडौंको यट्खामा भएको आगलागीबाट ४ घरमा क्षति पुगेको छ काठमाडौं महानगरपालिका-१८ तमु गल्लीस्थित सर्लाही बराही डुम्रा नगरपालिका-१८ घर भएका मनोज शाहको कवाडी दोकानमा बुधबार राति आगलागी  भएको हो । 

आगलागिबाट कवाडी दोकान भित्रका सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ। प्रहरीका अनुसार उक्त आगलागी फैलिएर बीर बहादुर भट्ट लगायत ४ जनाको घरमा समेत सामान्य क्षति भएको छ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन। प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

२०७९ पुष १४ ११:४८ बजे

प्रतिक्रिया