काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केही भू-भागहरुमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती प्रदेश १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२४ घण्टे परामर्श
प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया