सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १०:०७ बजे
बालुवाटार

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी रहेका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले  छलफल हुने भएको छ । 

आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने भएको छ ।

२०७९ पुष १४ १०:०७ बजे

प्रतिक्रिया