प्रधानमन्त्री दाहाल सरकारी निवासमा बालुवाटार सरे

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ २०:०० बजे
प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनि आज साँझ सरकारी निवास सरेका हुन् । 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । ज्योतिषीसँग साइत जुराएर प्रधानमन्त्री दाहाल आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका हुन् । उनले ज्योतिषी टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका हुन्।

ज्योतिष घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेका थिए । घिमिरेले देउवा प्रधानमन्त्री हुँदा पनि साइत हेर्ने काम गरेका थिए। अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

२०७९ पुष १३ २०:०० बजे

प्रतिक्रिया