सेयर बजारमा सामान्य गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १५:१४ बजे
सेयर बजार

काठमाडौं । लगातार दुई दिन उच्च अंकले उकालो लागेको नेप्से  आज भने ओरालो लागेको छ । आज  बुधबार सेयर बजार परिसुचक नेप्से ११.८१ प्रतिशतले ओरालो लागेको हो । आज बजार ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।

आज बजार ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आज सकारात्मक सर्किट लाग्ने कम्पनीमा सेन्टर फाइनान्स लिमिटेड, प्रभु लाइभ इन्स्योरेन्स धौलागिरी लद्युवित्तसंस्था रहेका छन् । 

बजार आज सामान्य अंकले ओरालो लाग्दा सर्वाधिक गुमाउनेमा  माहुली लद्युवित्त रहेको छ । आज यसको सेयर मूल्य ५.२० प्रतिशतले ओरालो लागेको छ । अजोड इन्स्योरेन्सको ४.०६ प्रतिशतले ओरालो लागेको छ ।  त्यस्तै सामुदायिक लद्युवित्तको सेयर मूल्य आज ३.९३ प्रतिशतले ओरालो लागेको छ  आज बजार ओरालो लागि रहँदा २१५ करोड बराबरको बारोबार भएको छ ।  आज सबै भन्दा धेरै नबिल बैंक र राढी हाइडा«पावरको भएको छ । 

 

२०७९ पुष १३ १५:१४ बजे

प्रतिक्रिया