एमालेले ४, माओवादीले २, मधेसमा जसपा र जनमतको आलोपालो मुख्यमन्त्री पाउने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १४:५१ बजे
मुख्यमन्त्रीको भागवण्डा

काठमाडौं । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार छन् ।

एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने  गरी सहमती भइरहेको एक नेताले बताएका छन् ।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको गर्ने प्रयास भईरहेको  जनाइएको छ । 

२०७९ पुष १३ १४:५१ बजे

प्रतिक्रिया