शेखर-गगन पक्षले आफ्नो छुट्टै भेला डाक्ने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १४:४४ बजे
शेखर-गगन पक्ष

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएको छ । उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, 'आज सामान्य छलफल ग¥यौं । केन्द्रीय समिति र प्रदेश समितिमा जितेका र हारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ ।’ यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २२ पुसमा बस्ने गरि बोलाएका छन् ।

आजको बैठकमा प्रदेशमा संसदीय दलको नेतामा उम्मेदवारी दिने वा कसलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको जनाएको छ ।  प्रदेश संसदीय दलमा आफ्नो पक्षको उम्मेदवारका बारेमा निर्णय लिन प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका आफू पक्षीय नेतालाई जिम्मेवारी दिइएको छ । नेता केसीले भने ।,,‘हाम्रो पक्षबाट प्रदेश सभापतिमा लडेकाले त्यस प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर निर्णय लिन जिम्मेवारी दिइएको छ । 

बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, रामकृष्ण यादव, सरिता प्रसाईंको उपस्थित रहेका थिए । 

२०७९ पुष १३ १४:४४ बजे

प्रतिक्रिया