धनुषामा रेल किचिएर एक पुरुष यात्रीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १२:५४ बजे
रेल किचिए

जनकपुरधाम । बुधबार धनुषामा रेल किचिएर एक पुरुष यात्रीको मृत्यु भएको छ ।धनषाकै विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले एक यात्रीलाई किचिएपछि मृत्यु भएको हो । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर नगराइन नगरपालिकाका पुरन सदाको मृत्युको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो रेल भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए । लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको उनले बताए ।

२०७९ पुष १३ १२:५४ बजे

प्रतिक्रिया