नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ ०७:०० बजे
नेपाली सेनाको प्रवक्ता

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा सहायकरथी कृष्णप्रसाद भण्डारी आएका छन् । नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा झापाको चारआलीका प्रमुख पदमा रहेर जिम्मेवारी निर्वाह गर्दैआएका भण्डारीले मंगलबारदेखि प्रवक्तामा नियुक्त भएका हुन् । 

सेनाका सहायक रथी नारायण सिलवालले प्रवक्ताको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएपछि भण्डारीलाई सो जिम्मेवारी दिइएको हो । सेनाले हरेक एक वर्षमा प्रवक्ता तोक्ने गरेको छ । 

२०७९ पुष १३ ०७:०० बजे

प्रतिक्रिया