सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ १३:५२ बजे
सन्दीप लामिछाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ हुने भएको छ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।

यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा आज पेशी चढेको हो ।

गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।

२०७९ पुष १२ १३:५२ बजे

प्रतिक्रिया