महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ १३:४४ बजे
महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा उनलाई  सिफारिस गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ ।  पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी रहेको छ । 

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।

२०७९ पुष १२ १३:४४ बजे

प्रतिक्रिया