नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको माग गर्दा नटेरेपछि स्थानीयहरुले नगर कार्यालयमा लगे चौपायाहरू

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ १२:४२ बजे
छाडा चौपाया

डडेल्धुरा । परशुराम नगरपालिकामा स्थानीयहरुले छाडा चौपायाहरूलाई नगरपालिकाको कार्यालयमा जम्मा गरेका छन् । परशुराम नगरपालिका वडा न. १२ का स्थानीयहरले नगरपालिकाको कार्यालयमा छाडा चौपायाहरूलाई  जम्मा गरेका हुन् । 

छाडा चौपाया व्यवस्थापनका लागि स्थानीयहरुले पटकपटक पहल गर्दा पनि नगरपालिकाले केही चासो नदेखाएपछि छाडा चौपायाहरूलाई नगरपालिकामा लगिएको स्थानियहरुले बताएका छन् । बारम्बार वडा न  १२ मा छाडा चौपायाहरू व्यवस्थापनका लागि नगरपालिकालाई भने  पनि नगरपालिकाले नटेरेको हुनाले आफूहरूले अहिलेको यो कदम चालेको डङशेरा सामुदायिक वनका अध्यक्ष र्तिमल साउदले बताएका छन् । उनले  छाडा चौपायाहरू २ वर्ष देखी आफूहरूले आफ्नो समुदायमा व्यवस्थापन गर्दै आएको बताएका छन् । 

नेकपा एमालेका नगर कमिटी अध्यक्ष ओम प्रकाश जोशीले अहिले  नगरपालिकाले छाडा चौपायाहरुकाे जिम्मा लिएर व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।  उनले आफूले नगरपालिकालाई व्यवस्थापनको लागि लगातार  भनिरहेको बताएका छन् । नगरपालिकाले भने चौपाया व्यवस्थापनको लागि गौशाला निमार्णको लागि टेन्डर भइसकेको बताएको छ । गौशाला निमार्ण कार्य एक हप्तापछि सुचारु हुने  नगरपालिकाले बताएको छ । त्तकालेको लागि तार जालीको व्यवस्था गर्ने आफूहरू तयार रहेको नगरपालिकाका कार्यकारी  अधिकृतले बताएका छन् ।

परशुराम नगरपालिकाका मेयर भरत जोशीले पनि आफु व्यवस्थापनका लागि लागि रहेको बताएका छन् । उनले भने, 'हामी काम गरिरहेका छौं ७ गते नै गौशाला निमार्ण नणिर्य सदर भइसकेको छ । घर घरमा गएर गाई गोरु ट्यागिङको काम भइरहेको छ ।'

२०७९ पुष १२ १२:४२ बजे

प्रतिक्रिया