सडकमा रातो बत्ती बल्दा गाडी रोक्ने, ‘लेन क्रस’ नगर्ने गृहमन्त्री रवि

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ ११:०८ बजे
गृहमन्त्री रवि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडक ट्राफिक अनुशासनको पालना गर्ने भएका छन् । मंगलवार बिहान कार्यालय आउँदा मन्त्री रविले अनुशासनको पालना गरेका हुन् । 

उनको सचिवालयका अनुसार उनले सडकमा रातो बत्ती बल्दा गाडी रोक्ने र ‘लेन क्रस’ नगर्ने अनुशासनबारे सचिवालयलाई निर्देशन गरेका छन् । यसअघिका मन्त्रीले ट्राफिक अनुशासन पालना गर्ने गरेका थिएनन् । 

'गृहमन्त्रीज्यू हरियो बत्तीमा मात्रै अगाडि बढ्नुहुन्छ, रातो बत्तीमा सबै सर्वसाधारण जस्तै रोकिनुहुन्छ । लेन क्रस हुने गरी ओभरटेक पनि गर्नुहुन्न' सचिवालय स्रोतले भन्यो । 

२०७९ पुष १२ ११:०८ बजे

प्रतिक्रिया