दाङमा तुलसीपुर चौक बाट जुलूस निकाली मनाइयो १३० औं माओ जन्म जयन्ती

bimbonline मेघराज भट्टराई
२०७९ पुष ११ १७:४० बजे
माओ जन्म जयन्ती

काठमाडौं । दाङमा आज  पौष ११ गते (२६ डिसेम्बर) चिनिँया जनक्रान्ति तथा विश्व कम्युनिस्ट आन्दोलनका नेता माओको १३० औं जन्म दिवसको कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम तुलसीपुर चौक बाट जुलुस गरी बजार परिक्रमा गरी ट्राफिक चौक नजिक साई मन्दिरको सभा हलमा सम्पन्न गरियो। कार्यक्रमलाई संचालन नेकपा बहुमतका मनोज परियारले गरेका हुन् । कार्यक्रमको अध्यक्षता नेकपा क्रान्तिकारी माओवादीका सह इंचार्ज नेता रामजी थारु गर्नु भएको थियो।

No description available.

कार्यक्रमलाई स्वागत नेकपा मशालका जिल्ला प्रवक्ता रेशम बी सीले गर्नु भएको थियो। कार्यक्रममा अथितिको आशनग्रण नेकपा मशालका केन्द्रीय सदस्य शशीधर भण्डारी, नेकपा क्रान्तिकारी माओबादी केन्द्रीय सदस्य तथा जिल्ला इंचार्ज समीर केसी  र नेकपा बहुमत केन्द्रीय सदस्य तिलक पुनले गर्नु भएको थियो।

मंतव्य राख्ने कामरेड हरुले महान दार्शनिक नेता कामरेड माओले देखाएको बाटोमा अग्रसर हुनको निम्ति माओ विचारधारा लाई अनुशरण गर्ने बिचार व्यक्त गरेका थिए। 

No description available.

२०७९ पुष ११ १७:४० बजे

प्रतिक्रिया